

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट दर्ता

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।
तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वाेच्च अदालतमा पुगेको हो । शुक्रबार एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले थापाको नियुक्ति बदरको माग राखेर सर्वाेच्च अदालतमा रिट दर्ता गराएका हुन् ।
सो रिटको आउँदो आइतबारका लागि पेसी तोकिएको छ ।