

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

काठमाडौं- कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् ।
उनलाई पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याइन लागेको स्राेतले जानकारी दिएकाे छ ।
उनीमाथि मानव तस्करीको आरोप लागेको छ । उक्त आरोप लगत्तै उनले मन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन् ।
अधिकारीलाई केही दिनअघि जापानमा मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको पाइएको छ ।
प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि उनी आफूखुसी जापान गएका थिए ।
उनलाई नेकपा एमालेले यसअघि नै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन समेत गरिसकेको छ ।