

ड्रेसमै आफ्नै कर्मचारीसँग डेटिङ गएका स्वास्थ्य शाखा प्रमुखलाई श्रीमतीले रंगेहात भेटेपछि…

झापा । अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एक जना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ ।
नगरमा कार्यरत सिनियर अहेव अधिकृत बस्नेतलाई नगरकै एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो ।
बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पिछा गरेको र उनीहरुलाई जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो । महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा बस्नेतकी श्रीमतीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ । बस्नेतले श्रीमतीले आफूलाई लछार्दै गर्दा आफूले लगाएको ज्याकेट खोलेर गर्लफ्रेन्डलाई लगाउन दिएको पनि भिडियोमा देखिएको छ ।