

सुतेकै अवस्थामा मृत भेटिए राष्ट्रपति कार्यालयका सहसचिव कार्की

काठमाडौं । राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन भएको छ ।
बिहीबार राती सहसचिव कार्कीको हृदयघातका कारण निधन भएको हो ।
उनी सुतै ठाउँमा मृत भेटिएको बताइएको छ । उनी केही समय अगाडि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएर राष्ट्रपति कार्यालयका काम गर्दै आएका थिए ।
यसअघि अख्तियारमा कार्यरत हुँदा विभिन्न महाशाखामा बसेर कार्कीले राम्रो काम गरेका थिए ।