अत्याधुनिक आफ्नै भवनमा लहान ३ नम्बर वडा कार्यालय
सिराहा । जिल्लाको लहान नगरपालिका—३ का नवनिर्मित वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।
उक्त वडा कार्यालय भवनको नगरपालिकाका मेयर महेश चौधरी तथा वडा अध्यक्ष रामदयाल महतोद्वारा संयुक्त रूपमा उदघाट्न गरेका छन् ।
नवनिर्मित भवनबाट नै अहिले सेवाग्राहीले सेवा लिइरहेको वडाध्यक्ष महतोले जनाए ।
