कण्डममा कोकिन राखेर ‘ब्रा’मा लुकाउने युवती विमानस्थलबाट पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ब्रा’भित्र कोकिन लुकाएर ल्याउने एक ब्राजिलियन महिला पक्राउ परेकी छिन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बुधबार २१ वर्षीया एमिली मिकाएली सान्तोश फरेइरालाई विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार फरेइरा ब्राजिलबाट दोहा हुँदै काठमाडौं आएकी थिइन् र नेपालबाट भुटान जान लागेकी थिइन्। उनले तरल अवस्थामा रहेको करिब १ किलो ९५० ग्राम कोकिन कण्डममा प्याक गरेर कालो रङको ब्राभित्र लुकाइराखेको अवस्थामा प्रहरीले फेला पारेको हो।

लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *