

बजेटमा लहानः नगर अस्पतालका लागि ५ करोड, विद्यालय स्तरोन्नती प्राथमिकतामा

लहान । मुलुककै सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकाको नगर अस्पतालका लागि यसपटक ठूलो रकम विनियोजन भएको छ । नगरपालिकाका मेयर महेश चौधरीले स्वास्थ्य मन्त्रालयसँग गरेको पटकपटकको पहलबाट यसपटकको बजेटमा ५ करोड रुपैयाँ विनियोजन भएको हो ।
जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा उक्त योजना समेटिएको हो ।
त्यस्तै नगरभित्रका सामूदायिक विद्यालयको स्तरोन्नती र घेराबार एवं सिसिटिभि जडानका लागि १ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
लहानको वडा नं. १० मा निर्माण हुँदै गरेको अस्पतालका लागि क्रमागत बजेट विनियोजन गरिएको हो ।
त्यस्तै सामूदायिक विद्यालयको स्तरोन्नतीमा फर्निचर, स्मार्ट बोर्ड, शैक्षिक सामाग्री वितरणका लागि नयाँ बजेटअन्तर्गत १ करोड २७ लाख विनियोजन भएको पनि मेयर चौधरीले जनाए ।