

अरुलाई बचाउने तालिम लिँदा कोशी भेलमा गुमाए सशस्त्र जवान राजवंशीले ज्यान

सुनसरी । जनतालाई विपद्बाट बचाउनका लागि आप्mनै ज्यानको बाजी लगाएर उद्धार अभ्यासमा जुटेका सशस्त्र प्रहरी बलका जवान हरेदेव राजवंशीले ज्यान गुमाएका छन् भने अर्का एक जना बेपत्ता रहेका छन् ।
विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा राजवंशी र सुरज साउद बेपत्ता भएका छन् ।
बेपत्ता भएपछि खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नेत्र कार्कीको नेतृत्वमा परिचालन ३५ सदस्यीय टोलीले आज बिहान सप्तकोशी किनारबाट राजवंशीको शव भेटेको हो ।
हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।
बिहीबार दिउँसो १५ः१० बजे नं. १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजवंशी र नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदीमा बेपत्ता भएका थिए ।