यी १६ प्रहरी भए बेपत्ता, ७ दिनभित्र हाजिर नभए जागिर चट् ! (सूचनासहित)



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले लामोसमयदेखि कार्यालयमा उपस्थित नभएका १६ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

देशभरका विभिन्न कार्यालयहरुमा कार्यरत १६ जना प्रहरीहरु लामोसमयदेखि बिना जानकारी कार्यालयमा हाजिर नभएकोले ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ । यदि उक्त समयभित्र सम्पर्कमा नआएमा सेवाबाटै हटाउने चेतावनी समेत हेडक्वार्टरले दिएको छ ।

सूचनाः