

पूर्व आईजिपी थापाको निधन

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजिपी) दुर्लभ कुमार थापाको निधन भएको छ ।
मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ।
थापाले २०३५ साल साउनदेखि २०३९ जेठसम्म प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो ।
प्रहरी महानिरिक्षक दिपक थापाले उनकाे निधन प्रति गहिराे दुःख ब्यक्त गरेका छन् ।