

बढुवा भएका २५ एसएसपीको पदस्थापन, होबिन्द्र बोगटी सिआईबीमै (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले हालै बढुवा भएका नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको पदस्थापन गरेको छ ।
जस अनुसार रमेश थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर आईजीपीको सचिवालयमा काज सरुवा गरिएको छ ।
त्यस्तै साइबर ब्युरोमा अजय केसी, अनुपमशम्शेर जबरालाई मानव श्रोत विकाश विभाग, वीरबहादुर बुढाको सुदुरपश्चिम प्रदेश, नवराज अधिकारीलाई उपत्यका प्रहरी कार्यालय र कृष्ण कोइरालालाई प्रधान कार्यालय स्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा पदस्थापन गरिएको भने होविन्द्र बोगटीलाई सीआईबी, विनोद सिलवाललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र रन्जु सिग्देललाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरिएको छ । यसअघि एसपी हुँदा पनि बोगटी सिआईबीमै रहेका थिए ।
गण्डकी प्रदेशमा सन्तोष खड्कालाई पदस्थापन गरेर विशेष ब्युरोमा काज सरुवा गरिएको छ ।