

१७ एसपीको काज सरुवा, कुमोद ढुंगेल नक्साल पुगे (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरिक्षक (एसपी)को काज सरुवा गरेको छ ।
सरुवा अनुसार केही जिल्लाका एसपी फेरिएका छन्। दुई महिनाअघि मात्र चितवन गएका गौतम मिश्रलाई पर्सा पठाइएको छ ।
चितवनमा राजन लिम्बुको सरुवा भएको छ। त्यस्तै पर्साका कुमोद ढुंगेललाई नेपाल प्रहरी कार्यालय सुपरिवेक्षण तथा अनुगमन शाखामा सरुवा भएको छ ।
बारामा सन्तोष तामाङ, इलाममा एकनारायण कोइराला, नुवाकोटमा दुर्गाराज रेग्मी र सिन्धुपाल्चोकमा रामेश्वर कार्कीको सरुवा भएको छ।