लहान नगरपालिकाको ११ नम्बर वडा कार्यालय भवनको उद्घाटन

सिराहा । मुलुकको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकाको वडा नं. ११ को वडा कार्यालय अत्याधुनिक भवन निर्माण सम्पन्न भएको छ ।

उक्त वडा कार्यालय भवनको लहान नगरपालिकाका मेयर महेश चौधरीले बुधबार उद्घाटन गरेका छन् ।

उक्त अवसरमा मेयर चौधरीले नवनिर्मित कार्यालय भवनबाट वडाबासीले उत्कृष्ट सेवा पाउने विश्वास लिँदै कार्यालय भवनकै अभावमा हालसम्म भोग्नुपरेको समस्या समाधान भएको जनाए ।

May be an image of 1 person, studying and crowd

उदघाटन कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति अच्छमित लाल चौधरी, वडाध्यक्ष सुर्य नारायण चौधरी, बद्री चौधरी, श्याम अधिकारी थारु, तेजनारायण चौधरी, कार्यपालिका सदस्य सतौनीदेवी चौधरीका साथै स्थानीय नेता रामचन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

साथै उद्घाटन कार्यक्रममा वडा नं. ११ का सयौं स्थानीयहरुको पनि उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *