

बालिकालाई ललाई फकाई होटलमा लगेर जबरजस्ती करणी

कैलाली – कैलालीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चुरे गाउँपालिका–४ बस्ने ४० बर्षीय नरेश देउवा पक्राउ परेका छन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
देउवाले ती बालिकालाई ललाई फकाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोप छ । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका–४ बसपार्कमा फेला पारी पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।