

किशोरी बलात्कृत, आरोपी पक्राउ

मकवानपुर – मकवानपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका–५ बस्ने जेम्स भन्ने २३ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–२ मा ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा शुक्रबार दिउँसो प्रहरीले कुमारलाई पक्राउ गरेको छ । उनी माथि थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।