‘मिसेज व्यूटी क्वीन’ प्रतियोगीलाई ट्राफिक नियम

काठमाडौं – सिजन मिडियाद्धारा आयोजित ‘लेट मि इन मिसेज व्यूटी क्वीन नेपाल–२०२१’ का प्रतियोगीहरुलाई ट्राफिक सम्वन्धी जानकारी दिइएको छ ।

प्रतियोगीहरुलाई ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेथुद्धारा ट्राफिक नियमहरु बारे सन्देशमुलक भिडियो तथा मौखिक रुपमा हाल उपत्यकालगायत देशैभरका शहरहरुमा अव्यवस्थित रुपमा सञ्चालन भइरहेका सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रा कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिए ।

‘जहाँ जाम, त्यहाँ सीताराम’ भनेझै ट्राफिक प्रहरीबाट अवकास प्राप्त सीताराम हाल ललितपुर महानगर प्रहरी प्रमुखको कार्यभार सम्हालेपछि ललितपुर क्षेत्रका अव्यवस्थित फुटपाथ तथा शहर कुरुप बनाउने होर्डिङ बोर्डहरु हटाएर उदाहरणीय काम गरेका छन् ।

हाल उनले ललितपुरलगायत विभिन्न स्कुल तथा विभिन्न कार्यक्रममा ट्राफिक शिक्षा प्रदान गर्दै आएका छन् । उनी ललितपुर महानगरपालिकामा यातायात सहजताका लागि अहोरात्र खट्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *