सान इन्टरनेशनल कलेजले मनायो २४औं बार्षिकोत्सव, अबदेखि आफ्नै भवनबाट सञ्चालन



काठमाडौं । काठमाडौको नक्सालस्थित गैरीधारामा सञ्चालन हुँदै आएको सान इन्टरनेशनल कलेजले २४ औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १४ नैकापमा आप्mनै भवनबाट सेवा दिन सुरु गरेको कलेजले आइतबार विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा नवनिर्मित आफ्नै भवनमा मनाइएको स्थापना दिवसका अवसरमा उपसभामुख रानामगरले आजको आवश्यकता भनेको युवावर्गको भएको र अबको राजनितिमा युवाहरुले समेत चासो दिनुपर्ने बताउँदै समयको ख्याल गर्नुपर्ने बताइन् ।

त्यसैगरी काठमाडौ महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले आफु अध्ययन गरेको कलेजको स्थापनादिवस समारोहमा आउन पाएकोमा खुशी व्यक्त गर्दै कलेजले आफूलाई छात्रवृद्धि उपलब्ध गराई अध्ययनको अवसर दिएको जनाउँदै आगामी दिनमा पनि छात्रवृत्ति उपलब्ध गराउन कलेजलाई अनुरोध गरिन् ।

त्यसैगरी कार्यक्रममा बरिष्ठ कलाकार दिपक राज गिरी र शिवहरी पौड्यालले पनि कलेज नाम अनुसारकै सान भएकोमा खुशी व्यक्त गर्दै शुभकामना दिए ।

उक्त अवसरमा नमुना सामुदायिक विद्यालय कंकाली विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुले चन्द्रागिरी नगरपालिकामा सान कलेजलाई स्वागत गरी हामी सबै संस्थागत तथा सामुदायिक विद्यालयले आवश्यक सहयोग सहकार्य गरी नगरपालिकालाई नमुना बनाउनु पर्ने बताए ।

कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष डा. सुभाष घिमिरेले शिक्षा र स्वास्थ्य एक अर्काका परिपुरकको रुपमा रहेको बताउँदै संस्थागत र सरकारी शिक्षाबिच हातेमालो हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य केशव प्रसाद पोखरेल, सांसद यमुना श्रेष्ठ, प्रदेश सभा सांसद रमा आले मगर, पूर्व उपकुलपती डा. गणेश गुरुङ्ग, मिस नेवा सखिना महर्जन, वातावरण विज्ञ डा. सुरेश ढुङ्गेललगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

साथै यसै स्थापना दिवसकै अवसरमा कलेजले बि.बि.ए र बायो–टेक्नोलोजी कार्यक्रमका विद्यार्थीहरुको दीक्षान्त समारोह पनि गरेको थियो ।