इन्स्पेक्टर फुँयाल भए माघ महिनाकै सर्वोत्कृष्ट प्रहरी



काठमाडौं । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा कार्यरत प्रहरी निरीक्षक विष्णुहरि फुँयाल माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा भएका हुन् । उनले संगठनको नीति निर्देशन बमोजिम आफुलाई दिएको जिम्मेवारी तथा पदीय दायित्वलाई ईमान्दारी, बफादारी, व्यवसायिक तथा कर्तव्यनिष्ट भई सम्पादन गर्दै माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

इन्स्पेक्टर विष्णु फुँयालले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको सुरक्षालाई थप मजबुत बनाउन नयाँ सुरक्षा योजना तयार गरेको, United Nations Programme of Action to Prevent, Combat and Eradicate the Illict Trade in Small Arms and Light Weapons in All it’s Aspects (POA) and on it’s International Tracing Instrument (ITI) को Fourth Review Conference (RevCon4) सन्दर्भमा मिति २०८०/१०/०९ गतेदेखि ११ गतेसम्म काठमाण्डौँमा सञ्चालन भएको Small Arms and Light Weapons (SALW) सम्बन्धि Asia–Pacific Regional Preparatory Meeting कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी भएको, मिति २०८०/१०/०२ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको हतियार ह्याण्डलिङ (Weapon Handling) तालिम ३२ औँ समूहमा तालिम संयोजकको रुपमा खटिई उत्कृष्ट ढंगले प्रशिक्षण प्रदान गरेका थिए ।

साथै नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा कार्यरत प्रहरी कर्मचारीहरूलाई कार्यदलको कार्य प्रकृतिसँग सम्बन्धित विषयमा आन्तरिक कक्षा लिई तथा व्यवहारिक अभ्यास गराई थप दक्षता हाँसिल गर्न विशेष योगदान पुर्‍याएको हुँदा प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मुल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहित गर्न निजलाई कार्यदलबाट २०८० माघ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।