सशस्त्र डिएसपी गैरेले ल्याए ‘मीरा हुँ म तिम्री’ (भिडियोसहित)



काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरेश गैरेले प्रेम भावनाले ओतप्रोत गीत ‘मीरा हुँ म तिम्री’ सार्वजनिक गरेका छन् ।

बेनिसा पौडेलको स्वर र सविता बस्नेत दानीको शब्द रहेको ‘मीरा हुँ म तिम्री’ गीत गैरे सुरेश अफिसियल च्यानलमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा शिला गजुरेल र विशाल थापाको अभिनय रहेको छ ।

सन्दीप भुजेलले निर्देशन गरेको उक्त भिडियाको सम्पादन ओम प्रसाईले गरेका छन् ।

लामोसमयदेखि आधुनिक गीतमा स्वर र संगीत दिने गरेका गैरेले यसअघि तीज गीत सुरेश ‘हात्ती आयो लसलस’, भोले शंकर तिम्रो रुपै भयंकर बोलको शिवभजन पनि सार्वजनिक गरेका थिए ।

उनले संगीत गरेका गीतरगजलहरू ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ आदि हरेक उमेर र वर्गका श्रोताका लागि लोकप्रिय र कर्णप्रिय छन्।

सशस्त्र प्रहरी बलमा कार्यरत डिएसपी गैरे संगठनभित्रका पनि अब्बल अधिकृत हुन् । उनी संगठनभित्र हुने अध्ययन तथा अनुसन्धानमा पनि पटक–पटक उत्कृष्ट ठहरिँदै आएका छन ।

भिडियोः