

माल्दिभ्सको हरिबिजोक, २२८ रनको लक्ष्यमा १३ रनमा अलआउट

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले कीर्तिमानी जित हात पारेको छ ।
नेपालले दिएको २२८ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३ रनमा आउट भएपछि नेपालले २१४ रनको विशाल जित हात पारेको हो ।
२२८ रनको लक्ष्य पछयाएको माल्दिभ्स नेपाली ब्याट्सवुमनविरुद्ध धरासायी बनेपछि १३ रनमा अलआउट भएको थियो ।
नेपालका लागि अश्मिना कर्माचार्यले ४ विकेट लिएकी थिइन् भने पूजा महतोले ३ विकेट, त्यस्तै पनि रुविना क्षेत्रीले ३ विकेट लिएकी थिइन् ।
त्यसअघि नेपालले पहिले ब्याटिङ गर्दै रुविना क्षेत्रीको कीर्तिमानी शतकका साथ २० ओभरमा ४ विकेट गुमाएर २२७ रन बनाएको थियो ।
त्यस्तै नेपालका लागि पूजा महतोले ५९ रन बनाएकी थिइन् भने कविता कुँवर १३, सिता रानामगर १५, डोली भट्टले ६ रन बनाउँदा कप्तान इन्दु वर्मा शून्यमा आउट भएकी थिइन् ।
रुविना नेपालबाट अन्तराष्ट्रिय खेलमा शतक हान्ने पहिलो महिला खेलाडी बन्न सफल भएकी छिन् ।
नेपालले यसअघि खेलेका खेलमा हङकङलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा भुटानविरुद्ध पनि ८ विकेटले नै विजयी भएको थियो।