इन्स्पेक्टर सापकोटा भए पुस महिनाकै उत्कृष्ट प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंले प्रहरी प्रभाग कपनका प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवराज सापकोटालाई पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरेको छ ।

‘पोलिस अफ द मन्थको रुपमा प्रशंसा पत्र प्रदान गरिएको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीको हस्ताक्षरमा सापकोटालाई प्रदान गरिएको प्रमाणपत्रमा भनिएको छ ।

विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

साथै आम नागरिकमा प्रहरीको छवि उच्च राख्दै त्रुटी रहित तवरबाट कर्तव्यपथमा तल्लीन रही आफुलाई दिईएको जिम्मेवारी तथा दायित्व उच्च मनोवलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा उहाँलाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *