

बढ्यो ग्याससहित पेट्रोलियम पदार्थको मूल्य, कुन कतिले बढे ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ ।
बुधवार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार यो मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ ।