

नेपालले दियो १७० रनको लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ विश्वकप अन्तर्गतको सुपर सिक्स अन्तर्गतको खेलमा नेपालले १६९ रन बनाउँदै बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले विशालविक्रम केसीको ४८ रनको मद्धतले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाउँदै उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि कप्तान देव खनालले ३५ रन बनाए भने अर्जुन कुमालले १४ रन बनाए ।
त्यस्तै नेपालका लागि सुवास भण्डारीले अविजित १८ रन बनाए । त्यस्तै दुर्गेश गुप्ताले ९ रन बनाएका थिए ।
नेपालका लागि विपिन रावलले २, आकाश त्रिपाठी, गुल्सन झा, दिपक बोहोरा र दिपेश कँडेल ३/३ रनमा आउट भएका थिए भने आकाश चन्द शुन्य रनमा आउट भएका थिए ।
बंगलादेशका लागि शेख पभेज जिबोन र राहनात ब्रोसनले ३/३ विकेट लिएका थिए ।