

एसएसपीमा बढुवा भएका बस्नेतलाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका उपरिक्षक (एसपी) रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बस्नेतलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।
बस्नेलाई बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
प्रहरी वरिष्ठ उपरिक्षक मोहन पोखरेल अवकाशमा गएपछि रिक्त दरबन्दीमा उनी बढुवा भएका हुन् ।