प्रहरी सहायक हवल्दार रानाले गुमाए मोटरसाइकल दुर्घटनामा ज्यान



गोरखा । सवारी दुर्घटनामा परी नेपाल प्रहरीका सहायक हवल्दार रमेश रानाको परी मृत्यु भएको छ ।

रुपन्देही कन्चन गाउँपालिका–४ घर भई अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत रही घर विदामा रहेका ३३ वर्षीय राना मंगलबार मोटरसाइकलमा बुटवलबाट काठमाडौँ जादै गर्दा नारायणघाट–मुग्लिङ सडक खण्डमा भएको दुर्घटनामा ज्यान गुमाएका थिए ।

ग २३ प १५५९ नम्वरको मोटरसाइकल पुल बनाउन खनेको खाल्डोमा खसेर दुर्घटना हुँदा सहायक हवल्दार राना र सोही मोटरसाइकलमा सवार विकास कुमार पुन घाइते भएका थिए ।

उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा सहायक हवल्दार रानाको मंगलबार राति मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । घाइते पुन भने उपचाररत छन् ।