ड्युटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार, आक्रमणकारी फरार 



दार्चुला । ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका—१ दहका उमेश कुँवरले ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

श्रीमतीलाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि कुँवरले चक्कु प्रहार गरेर फरार भएको जनाइएको छ ।

अहिले जवान ठगुन्नाको उपचार भइरहेको छ भने प्रहरीले कुँवरको खोजीका लागि जिल्ला भरि प्रहरी टोली परिचालन गरेको छ ।