

डिएसपी चन्द बनिन् ‘पुलिस अफ द मन्थ’

काठमाडौं । प्रहरी नायब उपरिक्षक (डिएसपी) पूर्णिमा कुमारी चन्द महिनाकै उत्कृष्ट प्रहरी घोषित भएकी छिन् ।
जिल्ला परिसर काठमाडौंमा कार्यरत चन्दलाई संगठनले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरी शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा गरेको उल्लेख्य कार्यका लागि ‘पुलिस अफ द मन्थ’ घोषित गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्दै आम नागरिक र संगठनको श्रीवृद्धिमा पुर्याएको योेगदानको प्रंशसा गर्दै डिएसपी चन्दलाई जिल्ला प्रहरी परिस काठमाडौंले ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै एसएसपी भूपेन्द्र खड्काले प्रसंशा पत्र प्रदान गरेका थिए ।
डिएसपी चन्द महानगरीय प्रहरी वृत्त स्वयम्भुकी प्रमुख हुन् ।