असईदेखि इन्स्पेक्टरसम्मका लागि दरखास्त दिएकालाई हेडक्वार्टरको सूचना



काठमाडौं । नेपाल प्रहरीको मानवस्रोत विकास विभागले प्राविधिक तर्फको विभिन्न उपसमूहका लागि फर्म भरेका आवेदकहरुलाई आप्mनो काजगात बुझाउन अनुरोध गरेको छ ।

प्रहरी कार्यालयले प्राविधिक तर्फको प्राविधिक प्रहरी निरिक्षक (इन्स्पेक्टर), प्राविधिक प्रहरी नायब निरीक्षक (सई)  प्राविधिक प्रहरी सहायक निरीक्षक (असई) का लागि दरखास्त दिएका उम्मेदवारहरुले हालसम्म अपुग काजगातहरु अद्यावधिक नगरेको हुनाले यही पुस १६ गतेसम्म Online Recruitment Management System (ORMS) द्वारा अद्यावधिक गर्न अनुरोध गरेको छ ।

यदि तोकिएको समयभित्र अपुग कागजात अद्यावधिक नभएका दरखास्त स्वतः रद्द हुने पनि प्रहरीले जनाएको छ ।