

तटबन्धको काम सुरु गर्दै लहान नगरपालिका
अन्तिम समयमा मात्र काम गर्ने परिपाटीको अन्त्य गर्दै मेयर चौधरी

सिराहा । सिराहाको लहान नगरपालिकाले वर्षा याममा आउने बाढीलाई मध्यनजर गर्दै काम सुरु गरिसकेको छ ।
अन्तिम समयमा मात्र काम गरिने परिपाटी रहेको नेपालमा लहान नगरपालिकाले पुस देखि नै तठबन्धका लागि काम सुरु गर्ने उद्देश्यसहित तयारी अन्तिम चरणमा पुर्याईसकेको छ ।
लहान नगरपालिकाको वडा नं. २३ बलान नदी कटान रोक्न पुस महिनादेखि तटबन्ध निर्माण थाल्ने नगरपालिकाका मेयर महेश चौधरीले जानकारी गराए ।
त्यसका लागि मेयर चौधरीसहित उपमेयर रामचलितर महतो, वडा अध्यक्ष बद्री यादवसहितका स्थानीयवासी र प्राविधिकको टोली निरिक्षण गरेका छन् ।
नगरपालिकाले तटबन्धका लागि ५० लाख बजेट विनियोजन गरेको पनि मेयर चौधरीले जनाए ।