तीनदिने सत्याग्रह गर्ने डा. गोविन्द केसीको घोषणा



काठमाडाैं । डाक्टर गोविन्द केसीले आजदेखि सत्याग्रह सुरू गर्ने भएका छन्।

चिकित्सा क्षेत्र सुधारका लागि आफूहरूले गरेको मागको सुनुवाइ नभएको भन्दै पत्रकार सम्मेलन गरेर केसीले साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह गर्ने जनाएका हुन्।

केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याइनुपर्ने र यसअघि सरकारले आफूहरूसँग गरेका सबै सम्झौता कार्यान्वयन हुनुपर्ने जनाएका छन्।