

एसपीनै प्रहरी नियन्त्रणमा !

झापा । मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको स्कोरपियो जिपका चालक नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहाल नै प्रहरी नियन्त्रणमा रहेका छन् ।
उनले चलाएको स्कोरपियोसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका वडा नं. ६ का अनिल मर्दीको मृत्यु भएको थियो । त्यसपछि उनी प्रहरी नियन्त्रणमा रहेका हुन् ।
शुक्रबार राती कन्काइ नगरपालिका–८, बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्काेरपियोको ठक्करबाट मर्दीको मृत्यु भएको थियो भने खगेन्द्र ताजपुरीया र पुजन राजवंशी घाइते भएका थिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१च ७८३९ नम्बरको स्काेरपियो र विपरीत दिशाबाट जाँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत रहेर्का एसपी दाहाललाई नियन्त्रणमा लिएर थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।