सुन्दर लहानको परिकल्पनाका साथ सडक किनारका रूखविरुवा रंग्याइँदै (फोटोफिचर)

लहान । लहान नगरपालिकामा हाम्रो नगर सफा र सुन्दर नगर भन्ने मूल नाराका साथ विरुवाहरुमा रंगरोगन कार्य सुरु भएको छ । मुलुककै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको लहान नगरपालिकालाई सुन्दर र सफा बनाउने उद्देश्यसहित नगरपालिकाभित्रका सडक छेउछाउमा रहेका रुखहरुमा रंगरोगन गर्ने कार्यको मेयर महेश प्रसाद चौधरीले उद्घाटन गरे ।

‘हाम्रो नगर, सफा र सुन्दर नगर’ भन्ने मूल नाराका साथ् विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामनासहित नेपाल कमर्सियल आर्टिष्ट संघ सिरहा जिल्ला कार्य समिति लहानद्वारा लहान नगर क्षेत्रभित्र रहेका सडक छेउमा लगाइएका बोट विरुवाहरुलाई सोन्दर्यकरण गर्ने उद्देश्यका साथ आजबाट बृक्षारंग रोगन कार्यक्रम सुरु भएको हो ।

उक्त अवसरमा मेयर चौधरीले आप्mनो सुन्दर लहानको परिकल्पनामा नेपाल कमर्सियल आर्टिष्ट संघले साथ दिएकोमा खुशी व्यक्त गर्दै अन्य क्षेत्रले पनि लहानको विकासका लागि आ–आफ्नो क्षेत्रबाट नगरपालिकासँग सहकार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा नगरप्रमुखका साथै लहान नगरपालिकाका प्रवक्ता तथा वडा न. ६ का वडाध्यक्ष रमेश गौतम, वडा न.८ का वडाध्यक्ष श्याम साह भोरे, लहान-२० का वडाध्यक्ष गणेश चौधरी,  लहान-२४ का वडाध्यक्ष रासलाल राय (राजपुत) को उपस्थिति रहेको थियो ।

त्यसका साथै कार्यक्रममा विभिन्न वडाका जनपतिनिधि, नेपाल कमर्सियल आर्टिष्ट संघ सिरहा जिल्ला कार्य समिति लहान सिरहाका भास्कर प्रसाद मिश्रका साथै स्थानीय बुद्धिजीवीकाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *