मनाङ एयरको हेलिकोप्टर दुर्घटना, पाइलटको अवस्था खतरामुक्त



काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो । सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

मनाङ एयर स्रोतले दिएको जानकारीअनुसार दुर्घटनामा पाइलट घाइते भएका छन् ।

प्रत्यक्षदर्शीले उपलब्ध गराएको एक भिडियोमा दुर्घटनापछि हेलिकोप्टरमा आगो लागेको देखिएको छ ।

घाइते पाइलटलाई अहिले उपचारका लागि काठमाडाैं ल्याइएको छ । उनको अवस्था खतरामुक्त रहेको ह्याम्स अस्पताल स्राेतले जनाएको छ ।