लहानमा गर्भवती महिलालाई पोषण प्याकेज



लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले हरेक महिना गर्भवती महिलाहरुलाई प्रदान गर्दै आएको पोषणयुक्त प्याकेज हस्तान्तरण गरेका छन् ।

लहान नगरपालिकाले हरेक महिनाको २२ गते विभिन्न स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य परिक्षण गराउँदै आएका सम्पूर्ण गर्भवती महिलाहरुलाई विभिन्न पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदै आएको छ ।

यसै शिलशिलामा मंगलबार लहान नगरपालिकाको वडा नं. १० को स्वास्थ्य चौकीमा गरिएको स्वास्थ्य परिक्षणपछि पोषण प्याकेज हस्तान्तरण गरिएको हो ।

प्योकजमा चामल, दाल, नुन, तेल, मटर र चना वितरण गरिएको मेयर चौधरीले जनाए । चौधरी मेयरमा निर्वाचित भएदेखि नगरपालिकाले हरेक महिनाको २२ फरक फरक वडामा यो प्याकेज वितरण गर्दै आइरहेको छ ।