यथाशीघ्र राष्ट्रिय परिचयपत्र बनाउनका लागि लहान नगरपालिकाको आग्रह
लहान । लहान नगरपालिकाले राष्ट्रिय परिचय पत्र समयमै बनाउनका लागि सूचना प्रकाशित गरेको छ ।
नगरपालिकाद्वारा प्रकाशित सूचनाअनुसार नगरपालिकाको कार्यालयमा अनलाइन प्रविधिमार्फत् राष्ट्रिय परिचय पत्र बनाउने कार्य भइरहेको हुँदा नगरबासीले यथासक्य छिटो परिचय पत्र बनाउनका लागि अनुरोध गरिएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले जनाए ।
नगरपालिकाले आगामी दिनमा बैंक खाता खोल्न, इ–राहदानी बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, जग्गा जमिन किनबेच गर्न, विद्युत् तथा खानेपानीको सेवा सुविधा प्राप्त गर्न, सिमकार्ड प्राप्त गर्नका साथै अन्य सरकारी कार्यका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएकोले समयमै राष्ट्रिय परिचय पत्र बनाउनका लागि आह्वान गरिएको लहान नगरपालिकाका मेयर महेश चौधरीले जनाए ।