

पाटनका पूरातात्विक सम्पदामा कूटनीतिक नियोगका अधिकारीको अवलोकन भ्रमण

काठमाडौं । पाटनभित्रका पुरातात्विक एवं ऐतिहासिक सम्पदाहरुको सम्वर्द्धन तथा प्रर्वद्धन गर्ने उद्देश्यसहित रोटरी क्लव अफ पाटन हेरिटेज र द कन्स्यूलेट अफ द रिपब्लिक मरिसस काठमाडौंको संयुक्त समन्वयमा मंगलबार पाटन क्षेत्रका पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुको अवलोकन भ्रमण आयोजना गरिएको छ ।
नेपालका लागि विभिन्न देशका कुटनैतिक नियोगका अधिकारीहरुलाई निम्त्याएर आयोजना गरिएको सो भ्रमणमा कुटनीतिक नियोगका तर्फवाट नेपालका लागि अमेरिकाका राजदूत, बेलायती राजदूत, श्रीलंकाली राजदूत, स्वीट्जरल्याडका राजदूतलगायत पाकिस्तान, मलेसियाको दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।
त्यसैगरि सो सम्पदा अवलोकन भ्रमणमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका पूर्व गभर्नर दिलेन्द्रराज श्रेष्ठ, निर्वाचित गभर्नर राजेन्द्रमान शेरचन, मरिसस्का तर्फवाट नेपालका लागि वाणिज्यदूत तथा रोटरी क्लव अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्की, क्लवकी अध्यक्ष सोनु शाक्य, ललितपुर महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधी तथा कर्मचारी, स्थानीय सम्पदासम्बन्धि जानकारहरु, रोटरी क्लव अफ पाटनका पदाधिकारीहरु, सदस्यहरु तथा रोट्रयाक्टका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
अवलोकन भ्रमण पाटनढोकाबाट शुरु भएर मिखा बहाल, गणेश मन्दिर, गोल्डन टेम्पल लगायत दर्जन भन्दा बढि सम्पदाहरुको अवलोकनका साथ पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको थियो ।
अवलोकन भ्रमणको उद्देश्य पाटन क्षेत्रभित्र पुरातात्विक तथा ऐतिहासिक सम्पदाको जानकारी दिनुका साथै मरिससका बारेमा पनि थाहा होस् भन्ने उद्देश्यले आयोजना गरिएको रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष तथा नेपालका लागि मरिससका वाणिज्यदूत गणेश कार्कीले बताए ।