

स्वास्थ्यमन्त्री बस्नेत भन्छन्, ‘चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिन्छ’

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् ।
चितवन पुगेका स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताएका हुन्।
स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।’
स्वास्थ्यमन्त्री बस्नेतले गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको बताए। उनले चिकित्सकहरूलाई काममा फर्कन अनुरोधसमेत गरे।
शान्ति सुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको स्वास्थ्यमन्त्री बस्नेतको भनाइ थियो ।