

लहान मेयर चौधरीले गरे स्वास्थ्य चौकीलाई विभिन्न सामाग्री हस्तान्तरण

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले लहानका स्वास्थ्य चौकीहरुलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेका छन् ।
लहानको विकासका लागि शिक्षा र स्वास्थ्यको क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढिरहेका मेयर चौधरीले स्वास्थ्य चौकीहरुले ल्यापटपको माध्यमबाट अनलाइन रिपोर्टिङका साथै रेकर्ड व्यवस्थापनमा सहजता होस् भन्ने हेतुले उक्त सामाग्रीहरु प्रदान गरिएको बताए ।
मेयर चौधरीले आफ्नै कार्यकक्षमा आयोजित एक विशेष समारोहबीच स्वास्थ्य चौकीका प्रमुखहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।