

भ्रष्टाचारको सवालमा पार्टी भित्रकै नेता भए पनि छोडिँदैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकारले शुरु गरेको अभियान नरोकिने बताएका छन् ।
माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उपाध्यक्ष श्रेष्ठले भने, ‘सरकार भ्रष्टाचारकाविरुद्ध खरो उत्रिएको छ । सुशासनको सवालमा पार्टी भित्रैका भए पनि कसैलाई छोडिँदैन ।’
उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारको अन्त्य र सुशासनको सवालमा पार्टी भित्रकै नेता भए पनि नछाड्ने बताए । सुशासन स्थापना गर्ने र जनतालाई राहत दिने सरकारको मुख्य कार्यभार रहेको गृहमन्त्री श्रेष्ठको भनाई छ ।
उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार खरो उत्रिएको बताए। गृहमन्त्री श्रेष्ठले भ्रष्ट र आर्थिक अनियमितता गर्नेहरू पार्टीभित्र लुकेर बसेको भए पनि कारवाहीको दायरामा ल्याउने बताए ।