

माओवादीको दोस्रो दिनको केन्द्रीय समितिको बैठक सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रीय समितिको बैठक दोस्रो दिन प्रज्ञाभवन कमलादीमा सुरू भएको छ ।
बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।
आजको बैठकमा १५० जना सदस्यहरूले बोल्नका लागि नाम टिपाएका छन् । सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्धय गराइएको छ ।
बैठकमा अध्यक्षको प्रतिवेदनमा छलफल गर्नुको साथसाथै, समसामायिक राजनीति, विधान सम्मेलन, समाजवादी मोर्चा, कार्यदिशा, कार्यक्रम सम्बन्धमा सदस्यहरूले धारणा राख्नेक्रम जारी छ ।