अपडेटः बरिष्ठ सई पर्दामा झुण्डिएको अवस्थामा फेला, होटल सञ्चालक आमा–छोरा प्रहरी नियन्त्रणमा
बागलुङ – बागलुङको इलाका प्रहरी कार्यालय भीमगिठेका प्रमुख (बरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।
सोमबार राति इलाका प्रहरी कार्यालय भीमगिठेबाट निस्केका पौडेल मंगलबार बिहान बडिगाड गाउँपालिका—६ खालबजारमा रहेको एक होटलमा मृत फेला परेका हुन् ।
स्थानीय पत्रकार दिनेश शर्माका अनुसार खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा पौडेल मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश अधिकारीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल सिल गरेको छ ।
उनी होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् ।
‘प्रहरी चौकी खारको टोलीलाई लिएर पौडेल गस्तीमा निस्केको र राति १० बजे उनीहरुलाई कार्यालय पठाई आफू भीमगिठे जाँदै गर्दा होटलमा खाजा खान पसेको प्रारम्भीक अनुसन्धानले देखाएको छ,’ सिडिओ श्रेष्ठले भनिन्, ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि साहुनीको छोराले पासो काटेको भन्ने खबर आएको छ ।’
अहिले प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएको छ ।
घटना थप शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी योगेशकुमार खड्काको नेतृत्वमा टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ ।
र, यो पनि…

One thought on "अपडेटः बरिष्ठ सई पर्दामा झुण्डिएको अवस्थामा फेला, होटल सञ्चालक आमा–छोरा प्रहरी नियन्त्रणमा"