

सशस्त्रले निकाल्यो पौडी खेल्ने क्रममा बेपत्ता भएका कुँवरको शव

कास्की । पोखरा महानगरपालिका १७ विरौटा स्थित पावर हाउस नजिकै फिर्के खोलामा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले साउन ६ गते फेला पारेको छ ।
सोही महानगरपालिका ८ बगाले टोल बस्ने १६ वर्षिय विवेक कुँवर सो खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।
बेपत्ता भएको जानकारी पाउनासाथै नम्बर २४ कालिका गण कास्कीबाट गोतोखोर सहितको टोलीले खोजीकार्य गर्दा उनको शव फेला पारेको हो । शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ ।