लडेर घाइते सशस्त्र जवान ओझाको मृत्यु

काठमाडाैं । लडेर घाइते भएका एकजना सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ ।

आइतबार बैतडीको मेलौली नगरपालिका–६ गाजरीका चूडामणी ओझाको सशस्त्र प्रहरीको अस्पताल, काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।

घरमै लडेर घाइते भएका उनको टाउकोको शल्यक्रिया गरिएको थियो।

शल्यक्रियापछि उनी लामो समयदेखि सशस्त्र प्रहरीको अस्पतालको आइसीयूमा उपचाररत थिए।

उनको दरबन्दी बैतडी गुल्ममा रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *