पूर्व सशस्त्र प्रहरीको ऐतिहासिक ‘पहिलो सम्मेलन’ सम्पन्न

काठमाडौं । पूर्व सशस्त्र प्रहरीहरुको ‘प्रथम पूर्व सशस्त्र प्रहरी कर्मचारी सम्मेलन-२०८२’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपालको २५ औं बार्षिकोत्सव तथा रजत महोत्सवको पूर्वसन्ध्यामा पूर्व सशस्त्र प्रहरीहरुको ऐतिहासिक ‘पहिलो सम्मेलन २०८२ नम्बर २ मधेस प्रदेश’ सशस्त्र प्रहरी बलका संगठन प्रमुख संघका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवास, महोत्तरीमम भब्य कार्यक्रमकाबीच सम्पन्न भएको हो ।

उक्त भूपू प्रहरी सम्मेलन २०८२ सँगसँगै नेपाल पूर्व सशस्त्र प्रहरी संघको १८ औं साधारणसभा समेत सम्पन्न भयो । संघको प्रदेश तहको संघ गठन गर्ने सिलसिलामा सवै प्रदेशहरुमा ४५ जिल्ला तथा ३ वटा पालिका तहमा समेत गठन भैसकेको सन्दर्भमा मधेस प्रदेशमा गठन हुन नसकिरहेको अवस्थामा आइतबार मधेस प्रदेश संघ समेत गठन गरिएको थियो ।

पूर्व सशस्त्र प्रहरी दिवस २०८२ कार्यक्रममा सशस्त्र प्रहरी महिला संघकी अध्यक्ष अनिता अर्यालका साथै पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेत, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको प्रारम्भमा पूर्व सशस्त्र प्रहरीहरुको टोलीले सशस्त्र प्रहरी महानिरीक्षकको सम्मानमा सलामी तथा मार्चपास समेत प्रस्तुत गरेको थियो । यसैगरी  कर्तब्यको वलिवेदीमा प्राणोत्सर्ग गर्ने वीर शहीदहरुको तश्वीरमा मार्ल्यार्पण गरिएको थियो ।

कार्यक्रममा, मधेस प्रदेश अन्तर्गतका आठै जिल्लाहरुबाट ठूलो संख्यामा भूपू सशस्त्र प्रहरीको उपस्थिति रहेको थियोे । कार्यक्रममा कर्तव्य पालनको सिलसिलामा वीरगति प्राप्त गर्ने सपूतहरुका पेन्सनका हकदार समेतको उपस्थित रहेको थियो । यसै गरि कार्यक्रममा भाग लिन प्रदेश तथा जिल्ला संघका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी भएका थिए ।

कार्यक्रम अन्तर्गत प्रमुख अतिथि एवं आईजी अर्यालबाट विभिन्न अवस्थामा भूपू भएर पनि प्रशंसनीय कार्य गर्नेहरुलाई प्रशंसा पत्र वितरण गर्नुको साथै वीरगति प्राप्तका परिवारलाई महिला संघकी अध्यक्षबाट दोसल्ला ओढाएर सम्मान गर्नुको साथै नगद पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी हुन आउने भूपूहरुलाई ट्राकसुट, क्याप र जुत्ता समेत वितरण गरिएको थियो ।

पूर्व संघका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबु थापा ९ अ।प्रा।० को अध्यक्षतामा संचालित उक्त कार्यक्रममा नम्बर २ बाहिनीका बाहिनीपति डिआईजी कृष्ण ढकाल, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले शुभकामना मन्तव्य दिएका थिए भने संघका बरिस्ठ उपाध्यक्ष सुवोध अधिकारीले सम्मेलनमा उपस्थिति हुने सम्पूर्ण सहभागीहरुलाई स्वागत मन्तव्यका साथ स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका संरक्षक एवं आईजी अर्यालले बहालमा रहँदा २५ औं बर्षमा प्रवेश गर्दै गरेको सशस्त्र प्रहरी बल भित्र देश जनताको लागि उल्लेखनीय योगदान दिएका भूपूहरु सँगको एकता, संघ र संगठन वीचको भाइचारा अझ सुदृढ भएर जाने र आगामी दिनहरुमा भूपू लक्षित कल्याणकारी कार्यक्रम अघि बढाउँदै जाने प्रतिवद्वता ब्यक्त गरेका थिए । उनले आठै बाहिनी अन्तर्गत रहेका अस्पतालहरुलाई अझ साधनश्रोत, जनशक्ति, उपकरण र पुग्दो औषधि बढाएर लैजाने र भूपू तथा आश्रति परिवारलाई समेत उपचारको ग्यारेन्टी गर्ने योजना प्रस्तुत गरेका थिए ।

अर्यालले भूपू लक्षित सहुलियत ऋण प्रवाह, सन्ततिलाई सशस्त्र प्रहरी स्कुल तथा कलेजहरुमा थप कोटा बढाएर लैजाने धारणा राखेका थिए । वीरगतिका आश्रित परिवारलाई जीवन निर्वाहमा के कस्तो सहयोग गर्न सकिन्छ योजनाबद्व रुपमा कार्यक्रम तर्जुमा गर्ने प्रतिवद्वता ब्यक्त गरेका थिए । पहिलोपटक आयोजना गरिएको भूपू सम्मेलनलाई आगामी बर्षहरुमा प्रत्येक प्रदेशहरुमा गर्दै जाने र भूपू लक्षित कार्यक्रमलाई अझ बढी ब्यवस्थित, प्रभावकारी र योजनामुखी बनाउने धारणा समेत उनले राखेका थिए ।

उक्त कार्यक्रममा नम्बर १, २ र ३ नम्बर बाहिनीका बाहिनीपतिहरु, तालिम केन्द्रका समादेशक, गणपतिहरु लगायत सशस्त्र प्रहरीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *