

लहानमा गरिब तथा विपन्नका लागि निःशुल्क एम्बुलेन्स सेवा

लहान । जनताको सेवाका लागि अहोरात्र खटिने लहानका मेयर महेश चौधरीले लहानबासीका लागि अर्को खुशीको खबर ल्याएका छन् ।
मेयर चौधरीको पहलमा आगामी आर्थिक वर्ष अर्थात साउन १ गतेदेखि लहान बासीका गरिब तथा विपन्न बर्गका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने भएको छ ।
गरिब र विपन्न वर्गको हितका लागि ध्यानमा राख्दै निर्णय गर्दै आइरहेका मेयर चौधरीले भारतीय दूताबासको सहयोगमा नगर क्षेत्रभित्रका गरिब, विपन्न र दलितहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिन लागेको जनाए । उनले नगरपालिकाले पनि यसका लागि आगामी वर्षको बजेटमा पनि बजेट विनियोजन गरिएको जनाएका छन् ।