

सशस्त्रद्वारा अवैध १६ हजार थान मोबाइलको टेम्पर नियन्त्रण

बारा । सशस्त्र प्रहरीले ८ लाख बढी मूल्यको मोबाइलको टेम्पर बरामद गरेको छ ।
बारा जिल्लाको निजगढ नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्गको बकैया पुल ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले करीब ८ लाख रुपैयाँ बराबरको मोवाइलको पिभिसी टेम्पर ग्लास बरामद गरेको हो ।
महोत्तरीबाट काठमाडौंतर्फ गईरहेको ना ५ ख ४७६७ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा न्युन बिलबिजक भएको उल्लेखित मूल्य बराबरको (१६ वटा कार्टुन) १६ हजार वटा ग्लास सुरक्षा बेस निजगढले बरामद गरेको हो ।
बरामद ग्लास राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।