

गर्मीले सिराहाकाे जनजिवन प्रभावित, लाहानमा आजबाट बिद्यालय बन्द

सिरहा । पछिल्लो केही दिनदेखिको आत्याधिक घामसँगै बढेको गर्मीले सिरहा सहित मधेश प्रदेशको जनजिवन कष्टकर बनेको छ ।
करिव एकसाता देखि आत्याधिक रुपमा बढेको गर्मीका कारण जिल्लाको सिरहा,लाहान,गोलजार,र मिर्चैया सहित मधेश प्रदेशकै जनजिवन प्रभावित भएको हो । एक सातादेखि लगातार बढीरहेको गर्मीका कारणले जिल्लाको सिरहा,लाहान,गोलबजार,रमिर्चैया बजारहरुमा किनमेल गर्न आउने सेवाग्राही पनि घटेको व्यापारीहरु सुनाउछन् ।
एकातिर देशमा आर्थिक संकट र अर्को तिर आत्याधिक गर्मीका कारण व्यापारीहरु मार्कामा परेको गोलबजार उद्योग व्यापार संघका अध्यक्ष विजय साहले बताए । उनले भने, ‘देशले आर्थिक संकट झिेलिरहेको अवस्थामा गर्मी बढेसंगै बजारहरुमा किनमेल गर्न आउनेहरुको चहलपहल समेत घटेको उनको भनाइ छ । उनले , ‘व्यापारमा मन्दि छाइरहेको वेला गर्मीले पनि बाकि राखेन,यसले व्यापारमा ठुलो क्षती पुग्ने सुनाए ।’
आत्याधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै लहान नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने भएका छन्। नगरपालिकाले बिहीबार सूचना जारी गर्दै गर्मीको कारणले बालबालिकामा प्रतिकुल असर पर्ने भन्दै जेठ १९ गतेदेखि २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन् ।
नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा निकालिएको सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका बाल विकासदेखि १२ कक्षासम्म पढाइ हुँदै आएका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द उल्लेख गरेको छ।
गर्मीका कारण विद्यालयहरुमा बालबालिका बेहोस हुने, ज्वरो आउने,पेट दुख्ने लगायतको लक्षणहरुको क्रम बढेपछि केही दिनका लागि नगरपालिकाले विद्यालय बन्द गर्न लागेको हो। पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ। बिहान सबेरैदेखि ३० डिग्री भन्दा बढीबाट सुरु हुने गर्मी मध्याह्नसम्म ४६ डिग्री सेल्सियस तापक्रम भन्दा माथि हुँदा दैनिक जनजीवन समेत प्रभावित हुने गरेको छ।