

तनहुँ–२ मा कांग्रेसका भण्डारी करिब ३ हजार मतले अगाडि

तनहुँ । तनहुँ क्षेत्र नम्बर–२ मा अहिले मतगणना जारी छ ।
पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ जम्मा ३३५२५ मतगणना गर्दा कांग्रेसका शंकर भण्डारीले अग्रता लिइरहेका छन् ।
भण्डारीले १५२७७ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने एमालेका किरण गुरुङले १२५८९ मत प्राप्त गरेका छन् । यससँगै भण्डारी गुरुङभन्दा २६८८ मतले अगाडि रहेका छन् ।