

चितवन–२ मा रविले लिए स्पष्ट अग्रता, एमाले उम्मेदवार तेस्रोमा झरे

चितवन – चितवन क्षेत्र नं. २ मा रवि लामिछानेले अग्रता लिएका छन् । अहिले पछिल्लो मतगणनाअनुसार लामिछानेले निकटतम प्रतिद्वन्द्वीभन्दा ७७२ मतले अगाडी रहेका छन् ।
सुरूवातदेखि नै अग्रता लिएका एमाले उम्मेदवार तेस्रो स्थानमा झरेका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवारभन्दा पनि ४ सय ६५ मतले पछाडी रहेका छन् ।
ताजा मतपरिणामअनुसार रवि लामिछानेले ३ हजार ९४९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ७ सय १२ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छन् ।
चितवनको बजार क्षेत्रको मतगणना सुरुभएसँगै रविको मत बढ्दै गएको देखिएको छ ।