

नवलपुर-२ मा बिष्णु कार्कीको लगातार अग्रता, प्रदेशसभा ‘क’ मा एमाले उम्मेदवार अगाडी

नवलपुर । नवलपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीले अग्रता लिइरहेका छन् ।
पछिल्लो तथ्यांकअनुसार १६ हजार ८०५ मतगणना हुँदा कांग्रेसका कार्कीले ७ हजार ८ मत ल्याएका छन् भने एमालेका तिलबहादुर महत क्षेत्रीले ६ हजार ३८९ मत ल्याएका छन् । कार्कीभन्दा ६१९ मतले पछाडी रहेका छन् ।
त्यस्तै घन्टीका उम्मेदवारले १७७० मत ल्याउँदा रापपाका उम्मेदवारले ३८७ मत ल्याएका छन् । त्यस्तै लौरोका उम्मेदवारले १३० मत ल्याएका छन् ।
कुखुराको भालेले १६१ मत ल्याउँदा ङरले १०१ मत ल्याएको जनाइएको छ ।
त्यस्तै प्रदेशसभामा (क) मा सूर्य चिन्हका उम्मेदवारले ७२६६ मत ल्याउँदा गठबन्धनका उम्मेदवार गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्हमा ५२७८ मतसहित दोस्रो स्थानमा रहेका छन् ।